सबै बीमा कम्पनीका सिईओहरु बीमा प्राधिकरणमा भेला हुँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीका सिईओहरुसँग बैठक राखेको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका सिईओहरु छुट्टा छुट्टै भेटवार्ता गर्न लागेका हुन् ।
पहिलो चरणमा निर्जीवन बीमा कम्पनीहरुसँग बैंकिङ ब्ल्याङ्केट बीमा पोलिसीमाथि छलफल गर्न लागेको प्राधिकरणले दोस्रो चरणमा जीवन बीमा कम्पनीका सिइओहरुसँग पनि छलफल हुँदैछ ।
भोलिदेखि सप्ताहव्यापी प्रदेश र स्थानीय सरकारसँग बीमा सचेतना कार्यक्रममा देश दौडाहा सुरु गर्न लागेका अध्यक्ष सिलवालले सो देश दौडाहा कार्यक्रम अघि बीमा कम्पनीका सिईओहरुसँग छलफल गर्न लागेको जनाइएको छ ।