पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कतिले वृद्धि ?
काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घटेर २७३९ दशमलव ४६ को बिन्दुमा कायम भएको छ ।
पछिल्ला राजनीतिक परिवेश र हल्लाले उचालेको शेयर बजार अन्तत पुरानै लयमा फर्किने क्रम जारी रुहेको छ । बुधबार अधिकांश कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ ।
बुधबार कारोबार भएका कम्पनीहरुमध्ये २३१ कम्पनीको शेयरमूल्य राताम्मे बनेका छन् भने जम्मा ३१ वटाको शेयरमूल्य चाँही सामान्य अंकले बढ्न पुगेका छन् ।
पाँच वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आन एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त लगायतका कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।