माण्डु हाईड्रोपावरको लाभांश घोषणा
काठमाडौं । माण्डु हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरूलाई १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको १३औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा लाभांश वितरण हुनेछ । कम्पनीले हालै साधारणसभा पनि आह्वान गरेको छ ।