म्यूजिक नेपालले ३ लाख २७ हजार कित्ता हकप्रद शेयर जारी गर्ने
काठमाडौं । म्यूजिक नेपाल लिमिटेड ‘कम्पनी’ ले हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले तत्काल कायम रहेका शेयरधनीहरूलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख २७ हजार ३४७ कित्ता हकप्रद शेयर जारी गर्ने कम्पनी सचिव उत्तम थापाले जानकारी दिएका छन् ।
यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरमा रहेको छ ।