सीएचडीसी र एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, अन्य कसको कारोबार कति ?
काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै लगानीकर्ताहरुले करौडौ रकम गुमाएका छन् । ठूला र माफियाहरुको लहलयमा लागेर शेयरमा मार्केटमा प्रवेश गरेका लगानीकर्ताहरुले आफ्नो लगानी ढुबाउँन पुगेका छन् ।
बुधबार कारोबार भएका कम्पनीहरुमध्ये आज पनि सीएचडीसीको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३४ करोड ७३ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख रुपैयाँ, ग्रीन लाइफ हाइड्रोपावरको १९ करोड २७ लाख रुपैयाँ लगायत अन्य कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।