घट्दो बजारमा समेत यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजारमा आज पनि राताम्य यात्राले निरन्तरता पाएको छ । बजार पछिल्ला ६ दिन यता निरन्तर घटी रहेको हो । बजार आज २२.७३ अकंले घटेर २६१० बिन्दुमा कायम भएको छ ।
कारोबार रकम समेत खुम्चिदै गएको छ । यसदिन ३१७ कम्पनीको १ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा ६ अmर्ब ८५ करोड रुपैयाँको कारोबार भएको हो ।
यसदिन एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, थ्रिस्टार हाइड्रोपावर समूहको ९.४८ प्रतिशत, समाज लघुवित्तको ६.८१ प्रतिशत र कालिका लघुवित्तको ६.६६ प्रतिशतले शेयर मूल्य बढेको हो ।