एनआइसी एशिया क्यापिटलका ४ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने आज (भदौ २७) अन्तिम दिन हो ।
एनआइसी एशिया सेलेक्ट ३०, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड र एनआइसी एशिया ब्यालेन्स्ड फन्डले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछन् । सोका आधारमा आजसम्म कायम इकाईधनीहरूले मात्रै सम्बन्धित फण्डहरूले वितरण गर्ने लाभांश पाउँछन् ।
एनआइसी एशिया सेलेक्ट ३०ले १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डले १०.५० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत, र ब्यालेन्स्ड फण्डले ९.२५ प्रतिशत प्रतिफल (कर सहित) वितरण गर्दैछन् ।