२७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौँ । २७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार उच्च अकंले बढ्दा अधिकांश कम्पनीहरुको शेयर मूल्यमा उल्लेख्य सुधार आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढ्दा आज ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन २४३ कम्पनीको शेयर मूल्यमा सुधार आएको छ ।
मंगलबार बुटवल पावर, गोर्खाज फाइनान्स, गुडबिल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्ससहित २७ कम्पनीमा सर्किट लागेको हो ।