८% लाभांश घोषणा गरेको विन्ध्यवासीनी हाइड्रोको कहिले बस्दैछ साधारणसभा?
काठमाडौं । विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा मंसिर ६ गते बिहीबार बस्दैछ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले सभा नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालय परिसरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय पारितका लागि सभामा पेश गरिने जनाएको छ । यसका साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको सञ्चालक समितिको संख्या संशोधन गर्ने प्रस्ताव पनि रहेका छन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।