सिईडिबी हाईड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कारोबार भएका कम्पनी
१४ कार्तिक २०८१, बुधबार १५:०६
काठमाडौं । दुई दिन निरन्तर बढेको नेप्सेमा आज ओरालो लागेको छ। आज तिहार अघिको अन्तिम कारोबारको दिन नेप्सेले ओरालो लागेर बिदाई गरेको छ।
आज एकैदिन पाँच कम्पनीले समेत लाभांश घोषणा गरेको शेयर बजार बढ्ने अपेक्षा गरिपनि तिहारको अन्तिम कारोबारको दिन घटेर बजार बन्द भएको छ।
सिईडिबी हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, सानिमा जिआईसी, सोल्टि होटल, नेपाल फाइनान्स, स्टान्डर्ड च्यार्डड बैंक, हिमालयन उर्जा, आइसीएफसी, समृद्धि फाइनान्स, नबिल बैंक र पिपुल्स पावरको आज सर्वाधिक कारोबार भएको छ।