तिहार अघिको अन्तिम कारोबारमा दोहोरो अंकले घट्यो नेप्से, कारोबार ६ अर्ब नजिक
१४ कार्तिक २०८१, बुधबार १५:०७
काठमाडौँ । तिहार अघिको अन्तिम कारोबारको दिन बुधबारका दिन शेयर बजार झिनो अंकले घटेको छ । नेप्से परिसूचक आज १४ दशमलव ४३ अंकले घटेर २६७७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज तीन सय पाँच कम्पनीहरुको एक करोड २० लाख कित्ता शेयर खरिख–बिक्री भएर पाँच अर्ब ९५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो सँगै आज होटल तथा टुरिज्म र नन लाइफ इन्डेक्स बाहेकका सबै सूचकमा भारी गिरावट आएको छ ।
साथै, बुधबार १६४ कम्पनीको शेयरमूल्य राताम्मे बन्दा ७५ वटाको मात्र शेयरमूल्य बृद्धि भएको छ । साथै, सीईडिबी हाइड्रोपावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ ।