कालीमाटीमा मूला १० रुपैयाँ किलोमै फालाफाल

२३ कार्तिक २०८१, शुक्रबार ०७:२७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २३ गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज सेतो लोकल मूला १० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ भने सानो लोकल गोलभेडा २० रुपैयाँले सस्तिएर ३५ रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी यस दिन इस्कुस २३ रुपैयाँ, लोकल बन्दा ५० र स्थानीय काउली ६० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २३० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, बकूला १०० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ, घिरौला ५० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, तीते करेला ९० रुपैयाँ, तने बोडी १४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

One thought on “कालीमाटीमा मूला १० रुपैयाँ किलोमै फालाफाल

  1. खनिल राई says:

    साग सब्जि सकेसम्म सस्ताे नै हुन् पर्छ।।भात कम सब्जि ज्यादा खाम।

Leave a Reply to खनिल राई Cancel reply

Your email address will not be published. Required fields are marked *


*