बीमा व्यवसायको नियमन फितलो, सुधार आवश्यक छः अर्थ मन्त्रालय

१४ बैशाख २०८३, सोमबार १७:३५

काठमाडौं । अर्थमन्त्रालयले बीमा व्यवसायको नियमन फितलो भएको स्वीकार गरेको छ। मन्त्रालयले वर्तमान आर्थिक स्थिति मार्फत बीमा व्यवसायको नियमन फितलो भएको कारण व्यापक सुधार गनुपर्ने औल्याएको छ ।

साथै मन्त्रालयले एकातर्फ कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटी रोक्नुछ भने अर्कोतर्फ बीमा सेवाको दायरा विस्तार गरी जोखिम व्यवस्थापन र दीर्घकालीन पुँजी परिचालन गर्नुपर्ने उल्लेख गरेको छ ।
वित्तिय र व्यवस्थापकिय रुपमा सरकारको लगानीमा स्थापित बीमा कम्पनीहरूको संस्थागत क्षमतामा भने कमजोर रहेको मन्त्रालयले औल्याएको छ।

बीमा सेवा दायरा फराकिलो हुँदै गएको जनाएको छ। मन्त्रालयले वर्तमान आर्थिक स्थिति मार्फत बीमाको सेवा दायरा विस्तार हुँदै गएको उल्लेख गरेको छ ।

हाल नेपालको बीमा क्षेत्रमा हालसम्म १४ जीवन बीमा, १४निर्जीवन बीमा, ७ लघुबीमा तथा २ पुनर्बीमा गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा रहेका छन्।
बीमाको पहुँच २०८२ फागुनसम्म ४९.९२ प्रतिशत पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*