फाइनान्सको मुनाफामा चमकः ९ महिनामा साढे ७० करोड खुद नाफा आर्जन, कुन कति अब्बल ?

१५ बैशाख २०८३, मंगलवार १५:३३

काठमाडौँ । फाइनान्स कम्पनीहरुको नाफामा चमक देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिसम्मको विवरण अनुसार नाफा झण्डै ७० करोड पुगेको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीहरुले ७० करोड ४० लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । कम्पनीहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ कम्पनीको नाफा ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ३ कम्पनी मात्रै ऋणात्मक देखिएको छ । ऋणात्मक रहेको कम्पनीहरुले समेत गत आवको तुलना ऋणात्मक भार घटाएका छन् ।

यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा मञ्जुश्री फाइनान्स रहेको छ । ९ कम्पनीको अवधिमा कम्पनीको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.९३ प्रतिशतले बढेर २१ करोड ८९ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको गोर्खाज फाइनान्स अहिले भने घनात्मक रहेको छ । ९ महिनाको अवधिमा कम्पनीको नाफा १२ करोड ९४ लाख ७४ हजार रुपैयाँ पुगेको हो ।

यता, आईसीएफसि फाइनान्सको मुनाफा ४७ प्रतिशतले घटेर १० करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

गुडबिल फाइनान्सले सर्वाधिक नाफा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको नाफ ५६५ प्रतिशतले बढेर १० करोड १३ लाख रुपैयाँ पुगेको हो ।

समिक्षा अवधिमा पोखरा फाइनान्सको नाफा १.५२ प्रतिशतले बढेर ७ करोड ३० लाख, बेष्ट फाइनान्स गत वर्षको ९ महिनामा ७ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ५ करोड ८७ लाख रुपैयाँ ऋणात्मक देखिएको हो ।

समिक्षा अवधिमा गुहेश्वरी मर्चेन्टको नाफा ४ करोड ५५ लाख, रिलायन्स फाइनान्सको ३ करोड ७९ लाख, सेन्ट्रल फाइनान्सको ३ करोड ६९ लाख, श्रीइन्भेष्टमेन्ट फाइनान्सको २ करोड ५३ लाख, मल्टिप्रपोज फाइनानसको ५३ लाख र समृद्धि फाइनान्सको ७ लाख रुपैयाँ रहेको हो ।

३ कम्पनीको नाफा भने ऋणात्मक रहेको छ । प्रोगेशिभ फाइनान्स २ करोड ४७ लाख, जानकी फाइनान्स २ करोड ९० लाख र नेपाल फाइनान्स ७ करोड ८६ लाख रुपैयाँ नाफा ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*