भारतीय रिजर्ब बैंकको गभर्नरमा संजय मल्होत्रा नियुक्त

२५ मंसिर २०८१, मंगलवार १०:२४

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई) को गभर्नरमा संजय मल्होत्रा नियुक्त भएका छन् । यसअघि राजस्व सचिव रहेका मल्होत्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गभर्नरमा नियुक्त गरेका हुन् ।

सञ्जय मल्होत्रा आरबीआईको २६ औं गभर्नरमा नियुक्त भएका हुन्। उनी वर्तमान गभर्नर शक्तिकान्त दासलाई प्रतिस्थापन गर्दै डिसेम्बर ११ बाट पदभार ग्रहण गर्नेछन्।

शक्तिकान्त दासको कार्यकाल डिसेम्बर १० मा समाप्त हुँदैछ। दास २०१८ मा आरबीआईका गभर्नर बनेका थिए र उनको कार्यकाल तीन वर्ष थप गरिएको थियो।

One thought on “भारतीय रिजर्ब बैंकको गभर्नरमा संजय मल्होत्रा नियुक्त

  1. कपिल बन्जारा says:

    अति खुसी छौ हामी

Leave a Reply to कपिल बन्जारा Cancel reply

Your email address will not be published. Required fields are marked *


*