सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
१६ बैशाख २०८३, बुधबार १०:४०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।











