सानिमा रिलायन्स लाइफका चिफ एजेन्सी म्यानेजर गुरुङ्ग सन २०२५ को सिओटी लक्ष्य प्राप्त गर्न सफल

१५ पुष २०८१, सोमबार १३:५९

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएका छन् ।

सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जनको लक्ष्य पुरा गर्दै उनी ‘सिओटी’ बन्न सफल भएका हुन् ।

सानिमा रिलायन्स इन्स्योरेन्सको बनेपा २ शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएका अभिकर्ता गुरुङ्ग सन २०२१, २०२२ र २०२५ को सीओटी बन्न सफल भएका छन् । उनी लगातार पाँचौ पटक एमडीआरटी समेत बन्न सफल भएका छन् ।

कम्पनीमा अत्यन्तै मिहिनेती तथा मिलनसार अभिकर्ताको परिचय बनाएका गुरुङ्गले काठमाडौं उपत्यका तथा बनेपाका हजारौ नागरिकहरूको बीमा गरी जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

सानिमा रिलायन्स लाइफका एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग एमडिआरटी बने

One thought on “सानिमा रिलायन्स लाइफका चिफ एजेन्सी म्यानेजर गुरुङ्ग सन २०२५ को सिओटी लक्ष्य प्राप्त गर्न सफल

  1. Prakash Rijal says:

    Congratulations

Leave a Reply to Prakash Rijal Cancel reply

Your email address will not be published. Required fields are marked *


*