बीमा प्राधिकरण अध्यक्ष पदको सर्टलिष्टमा को-को पर्लान ?

१९ माघ २०८१, शनिबार २१:२३

काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट प्रक्रिया अघि बढि बसेको छ । कूल १२ जना आवेदक मध्येबाट छनौट समितिले पाँच जनाको नाम सर्टलिष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । यद्यपि छनौट समितिले १२ जना उम्मेदवारबाट संकलन गरिएको नामावली समेत वेभसाईटमा सार्वजनिक गर्न सकेको छैन । अनौपचारिक रुपमा सञ्चार माध्यमलाई उपलब्ध गराइएको १२ जनाको सूचिमा मात्रै सार्वजनिक गरिएको अवस्था छ । अर्थात प्रक्रिया अघि बढेको छैन ।

बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने १२ जना मध्येबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको अध्यक्ष छनौट समितिले पाँच जनाको नाम सर्टलिष्ट गरी सार्वजनिक गर्नेछ । सर्टलिष्टमा परेका पाँच जनासँग प्रस्तुतिकरण समेत लिई उत्कृष्ट तीन जनाको नाम नेपाल सरकारलाई सिफारिस गर्नेछ । छनौट समितिले सिफारिस गरेका तीन जना मध्येबाट एक जनालाई मन्त्रिपरिषदको बैठकले अध्यक्ष पदमा नियुक्ती गर्ने कानुनी व्यवस्था रहेको छ ।

हाल पहिलो चरणको काम मात्रै सम्पन्न भएको छ । १२ जनाको आवेदन संकलन गरिएको अवस्था छ । १२ जना मध्येबाट पाँच जनाको सर्टलिष्टमा को को पर्लान ? भन्ने आम चासो रहेको छ । बीमापोष्टले उम्मेदवारहरुको क्षमता, शैक्षिक योग्यत आदिका आधारमा सर्टलिष्टमा पर्ने सम्भावित व्यक्तिहरुको नाम तय गरेको छ ।

सर्टलिष्टको पहिलो सूचिमा चिरञ्जीवी चापागाई पर्ने सम्भावना रहेको छ । पूर्व अध्यक्ष भएकोले सर्टलिष्टमा चापागाईको पर्ने सम्भावना छ । त्यस्तै, दोस्रो नम्वरमा कर्जा सुरक्षण काेषका पूर्व कार्यकारी निर्देशक विष्णुबाबु मिश्र पर्ने समभवना रहेको देखिन्छ । सो निकाय निक्षेप र कर्जाको बीमा गर्ने निकाय भएकोले अनुभवका आधारमा मिश्रलाई दोस्रो स्थान दिइएको हो । तेस्रो नम्वरमा स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा. दामोदर बसौला पर्ने सम्भावना छ । यद्यपि उनीमाथि भ्रष्टाचारको आरोप समेत लागेको थियो तर पुष्टि भएको छैन ।

चौथो नम्वरमा बीमा प्राधिकरणकै कमलराज रेग्मीको सम्भावना छ । प्राधिकरणको उच्च तहमा हाल कार्यरत भएकोले रेग्मी पनि सर्टलिष्टमा पर्ने सम्भावना रहेको हो । त्यस्तै, पाचौं नम्वरमा पूर्व सचिव रामशरण पुडासैनी पर्ने सम्भावना रहेको छ । उल्लेखित व्यक्तिहरु मध्ये कसैको नाम सूचिमा नपरेको अवस्थाका लागि बीमापोष्टले सम्भावित उम्मेदवारको सूचिमा रमण नेपाललाई समावेश गरेको छ ।

उल्लेखित व्यक्तिहरुको सूचि बीमापोष्टले आफैले मूल्याङ्कन गरेर तयार पारिएको सम्भावित सूचि हो । कुनै उम्मेदवारको मेल खाए वा नखाएमा संयोगमा मात्रै हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*