मुद्दा चाँडै टुंग्याएर बीमा प्राधिकरण फर्कने सुर्य सिलवालको प्रयास असफल

२० माघ २०८१, आईतवार ०८:२९

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्वित अध्यक्ष सुर्य प्रसाद सिलवाल यदि अख्तियारको फन्दामा नपरेको भएपनि उनको पदावधी गत शुक्रबार  माघ १८ गतेदेखि सकिने थियो । गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्वनमा छन् ।

अख्तियारको मुद्दापछि निलम्वनमा परेका सिलवालले पदावधी अवधी माघ १८ गतेभित्र बिशेष अदालतमा मुद्दा टुङ्ग्याएर आफ्नो पक्षमा मुद्दा फैसला भएको अवस्थामा एक घण्टा मात्रै भएपनि पुनः बीमा प्राधिकरणमा फर्कने भन्दै व्यापक सिलवालले दौडधुप गरिरहेका थिए । हिजो माघ १९ गतेसम्म पनि मुद्दा टुङ्ग्याउन नसकेपछि प्राधिकरण फर्कने सिलवालको प्रयास समाप्त भएको हो । स्रोतका अनुसार त्यसको लागि विबशेष अदालतमा समेत सेटिङ हान्ने प्रयास गरेका थिए । तर, सफल हुन सकेनन् ।

दौडधुप गरे अनुसार नै मुद्दा दर्ता भएको दुई महिनामै बिशेष अदालतले साक्षी बकाउने आदेश समेत दिई प्रक्रिया समेत अघि बढाइसकेको थियो । यस अवधीमा माघ १८ अघि नै सुर्य सिललालको मुद्दा छिनोफानो गर्ने भन्दै तीव्र गतिमा मुद्दाका प्रक्रियाहरुलाई अघि बढाइएको थियो । बिशेष अदालत प्रशासनले मुद्दा दर्ता भएको एक महिना २० दिनको अवधीमा तीन पटक पेशीमा चढिसकेको छ । गत पुस २३, माघ ७ र माघ १३ गते समेत पेशीमा चढाइएको थियो ।

बाहिर हल्ला चल्नु र अदालतमा मुद्दा फटाफट अघि बढ्नुलाई संयोग मात्रै नलिई गहन रुपमा हेरिएको थियो । अब अर्को पेशी माघ २७ गतेको लागि तोकिएको छ । अब सिलवालको प्राधिकरण फर्कने सपना तत्कालको लागि अन्त्य भएको छ । तीव्र दौडधुप र पछिल्लो २० दिनमा तीन पटक पेशीमा चढाउँदा समेत प्रयासले सार्थक रुपमा लिन नसकेको देखिन आएको छ ।

पछिल्लो समय सिलवाल नै बीमा प्राधिकरण फर्कने रे भन्ने हल्ला समेत बीमा क्षेत्रमा चलाइएको थियो । सिलवालले बीमा प्राधिकरणभित्रैका आफू निकटका कर्मचारीमार्फत मुद्दा प्रक्रिया सकिन लागेको र चाँडै मुद्दा टुंगिएको अवस्थामा प्राधिरकणमा एक दिन भनेपनि फर्कन सक्ने सम्भावना रहेको भन्ने आशा देखाइरहेका थिए ।

 

 

२०७७ साल माघ १९ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट तत्कालिन बीमा समितिको अध्यक्ष पदमा नियुक्त भएका सुर्य प्रसाद सिलवालको पदावधी औपचारिक रुपमा समाप्त भएकोले बिशेष अदालतमा मुद्दा टुङ्ग्याएर प्राधिकरण फर्कने सपना अधुरै रहन पुगेको छ । पूर्व सचिव हुनुको नाताले अनुभव भन्दा पनि हाटहुट र लाटलूट पर्ने नीतिमा रहेर काम गरेका सिलवालले बीमा क्षेत्रमा उल्टै सुशासन भद्रगोल पारे र आफै निलम्वनमा परेर गलहत्याइए ।

अब आउने नयाँ अध्यक्षले सुर्य सिलवालले गरेका नीतिगत भ्रष्टाचार र कुकृत्य छानविन गर्ने हिम्मत गर्लान ? फेरि पनि प्रश्न उठ्नेछ ।

 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल निलम्वित, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*