नेपाल बीमा प्राधिकरणको खाताबाट करिब पाँच अर्ब अर्थमन्त्रालय सारिँदै

२१ माघ २०८१, सोमबार ०९:५५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोषमा रहेको करिब नौ अर्ब रुपैयाँ मध्ये करिब पाँच अर्ब रुपैयाँ नेपाल सरकार अर्थमन्त्रालयको सरकारी खातामा पठाउने तयारी सुरु भएको छ ।
नेपाल बीमा प्राधिकरणले नियमन शुल्क बापत उठाएको ठूलो रकम प्राधिकरणको खातामा छ । सोही रकमबाट प्राधिकरणको आर्थिक अवस्था निकै बलियो बनिरहेको छ । अब प्राधिकरणबाट करिब पाँच अर्ब (अनुमानित चार देखि पाँच अर्ब) रुपैयाँ सरकारी कोषमा दाखिला गर्ने प्रक्रिया अघि बढाइएको हो ।

सो प्राधिकरणको खातामा रहेको रकम सरकारी खातामा सार्ने सम्बन्धमा अध्यक्ष मदन दाहालले आवश्यक प्रक्रिया अघि बढाइसकेका छन् । हाल प्राधिकरणको खातामा करिब नौ अर्ब रुपैयाँ रहेको छ । सो मध्ये एक तिहाई कोषमा राखिन्छ । साथै थप विभिन्न प्रकारका कोषहरुमा राखेर बाँकी रहेको रकम सरकारी खातामा सार्ने निर्णय गरिएको छ । सरकारी ढुकुटी कमजोर बनेपछि सरकारले अध्यादेश नै ल्याएर कोषहरुको रकम तान्ने काम सुरु गरेको छ ।

उता, दुई सरकारी बीमा कम्पनी चुक्ता पुँजिको अभावमा तड्पिरहेको अवस्थामा बीमा प्राधिकरणको कोषमा जम्मा भएको रकम अर्थमन्त्रालयमार्फत उल्लेखित दुई कम्पनीको चुक्ता पुँजि थप गर्न प्रयोग गर्ने सम्बन्धमा पहल सुरु भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजि सारै न्यून छ । प्राधिकरणले तोकेको चुक्ता पुँजि पुर्याउन नसक्दा दुई बीमा कम्पनीहरु भ्रष्टाचारको दलदलमा फसेर अडिट नै गर्न नसक्ने अवस्थाबाट गुज्रिरहेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*