नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त

२३ माघ २०८१, बुधबार २०:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको आज बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बरिष्ठताको आधारमा कमलराज रेग्मी अघि भएपनि कार्यसम्पादन मूल्याङ्कनमा पछिल्लो पाँच वर्षदेखि पछाडि पारिएका कारण प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदीले बाजी मार्न सफल भएका छन् ।

प्राधिकरणमा लोकसेवा आयोगको टिम, बीमा प्राधिकरणकै पदपूर्ति समितिका अध्यक्ष मदन दाहाल र बिज्ञ सदस्यसहितको टोलीले कार्य सम्पादन मूल्याङ्कनसहितको विधि अनुसार सुशिलदेव सुवेदीलाई नियुक्त गर्ने सिफारिस गरेको हो । पदपूर्ति समितिको सिफारिस अनुसार सुवेदीले सूचना प्रकाशित भई कार्यालय खुलेपछि नियुक्ती पत्र पाउनेछन् । साथै पदभार ग्रहण गर्नेछन् ।
प्राधिकरणको कार्यकारी निर्देशकमा निर्देशकहरु कमराज रेग्मी, सुशिल देव सुवेदी, पुजन ढुंगेल प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धामा कार्य सम्पादन मूल्याङ्कनले निर्णायक भूमिका खेलेको छ । कार्यकारी निर्देशक सुवेदीलाई ७७.१९४ अंक प्राप्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*