बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल बने आन्तरिक राजश्व विभागका महानिर्देशक

३० माघ २०८१, बुधबार २१:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाललाई जिम्मेवारी थपिएको छ । हाल अर्थमन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारीमा रहेकोमा आजबाट सरुवा भई आन्तरिक राजश्व विभागको महानिर्देशक समेतको जिम्मेवारी तोकिएको छ ।

अर्थमन्त्रालयले आज गरेको सरुवा अनुसार सह सचिव दाहाल आन्तरिक राजश्व विभागको महानिर्देशक बनेका हुन् । बीमा प्राधिकरणमा अर्को अध्यक्ष नियुक्त नहुँदासम्मका लागि कार्यकारी अध्यक्षको जिम्मेवारी तोकिएका दाहालको आन्तरिक राजश्व विभाग सरुवा भएको हो ।

दाहालले लाजिम्पाटमा रहेको आन्तरिक राजश्व विभाग विभाग र कुपण्डोलमा रहेको बीमा प्राधिकरण दुवैको जिम्मेवारी सम्हाल्नेछन् ।

प्राधिकरणका अध्यक्ष दाहालको आन्तरिक राजश्व विभागको महानिर्देशक बनेपछि अब बीमा प्राधिकरणका कर्मचारीहरु राजश्व विभागमा दौडधुप गर्नुपर्ने हुनसक्नेछ किनभने आन्तरिक राजश्व विभाग अत्याधिक कामको चाप भएको र राजश्व उठाउनुपर्ने दवाव भएको मुकाम हो ।

 

*सम्पादन गरिएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*