बीमा प्राधिकरणका चार जना उपनिर्देशक निर्देशकमा बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका चार जना उपनिर्देशक निर्देशकमा बढुवा भएका छन् । कार्यक्षमता मूल्यांकनको आधारमा चार जना उपनिर्देशकको बढुवा गरिएको हो।
बीमा प्राधिकरणका उपनिर्देशक धुव्र तिमिल्सिना, कुन्दन सापकोटा, शाम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशक पदमा बढुवा भएको पदपूर्ति समितिले जनाएको छ ।
बीमा प्राधिकरणको बढुवा सम्बन्धी विज्ञापन नेपाल बीमा प्राधिकरण सेवा, प्रशासन समूह, अधिकृत प्रथम श्रेणी, निर्देशक पदको माग पद संख्या ४ (चार) का लागि मिति २०८१।१०।१८ सम्ममा दरखास्त पेस गरेका जम्मा ९ (नौ) जना सम्भाव्य उम्मेदवारको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने देहायका उम्मेदवारलाई बीमा समिति कर्मचारी सेवा शर्त विनियमावली, २०६८ को विनियम ७० बमोजिम बढुवा नियुक्तिका लागि सिफारिस गर्ने पदपूर्ति समितिको मिति २०८१।११।०२ मा निर्णय भएकोले सोही विनियमावलीको विनियम ७१ को प्रयोजनको लागि सूचना प्रकाशित भएको छ ।