बीमा प्राधिकरणमा राख्न खोजिएको व्यवस्थापन समूह र जोखिम व्यवस्थापन समिति नियमावलीमा हट्यो

४ फाल्गुन २०८१, आईतवार १०:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामा समावेश धेरै कुराहरु बीमा नियमावली २०८१ मा हटाइएको पाइएको छ । गत माघ २९ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको बीमा नियमावली २०८१ मा बीमा प्राधिकरणको नेतृत्वले प्राधिकरणभित्रै उपरी संरचना राख्न खोजिएको थियो । प्राधिकरणले राख्न चाहेको जोखिम व्यवस्थापन समिति र व्यवस्थापन समूह रहने व्यवस्था कानुन मन्त्रालय, अर्थमन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुग्दा नियमावलीबाट हटाइएको हो ।

मन्त्रिरिषदबाट गत पुस २९ गते स्वीकृत भएको बीमा नियमावली ११४ बुँदा राखिएको छ । प्राधिकरणको तत्कालिन नेतृत्वले पेश गरेको १२१ बुँदा नियमावलीमाथि धेरै संशोधन र थपघट भएका छन् ।

 

सो मध्ये प्राधिकरणभित्र व्यवस्थापन समुह र जोखिम व्यवस्थापन समुह राख्ने व्यवस्थाको परिकल्पना गरिएको थियो । तर, सो व्यवस्थालाई अर्थ मन्त्रालयय हुँदै मन्त्रिपरिषदसम्म पुग्दा हटाइएको छ । मन्त्रिपरिषदबाट स्वीकृत भएको नियमावलीमाा प्राधिकरणको अध्यक्ष मातहत राख्ने भनिएको दुई संरचनालाई हटाइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*