बीमा नियमावलीमा नयाँ व्यवस्था, प्राधिकरणभित्रैका कर्मचारीहरु पनि निगरानीमा !

४ फाल्गुन २०८१, आईतवार १०:२७

काठमाडौं । सरकारले बीमा नियमावलीमार्फत बीमा प्राधिकरणभित्र कार्यरत कर्मचारीहरुको पनि आन्तरिक नियन्त्रण प्रणालीमार्फत नियमित अनुगमन गर्ने व्यवस्था गरेको छ ।

बीमा नियमावलीमा एउटा नयाँ बुँदा नै राखेर बीमा प्राधिकरणभित्रका कर्मचारीहरुको क्रियाकलाप, मितव्ययिता, कार्यदक्षता, काम गर्ने वातावरण, जोखिम नियन्त्रणको उपाय, सूचना प्रविधि लगायतका बिषयमा अनुगमन गर्न प्राधिकरणका अध्यक्षले एक जना छुट्टै कर्मचारी खटाएर गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार त्रैमासिक रुपमा प्राधिकरणको तोकिएको अधिकारीले केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुमा समेत प्रत्येक तीन–तीन महिनामा अनुगमन गरी प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्थाले बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि हुने र यसले पद्धति ढंगले काम गर्ने वातावरण बन्ने विश्वास गरिएको छ ।

नयाँ व्यवस्था अनुसार बीमा प्राधिकरणमा अब लेखापरिक्षण समिति पनि हुने छ । सो समितिले बीमा प्राधिकरणको आन्तरिक खर्चको नियन्त्रण गर्नुका साथै बीमा प्राधिकरणले गरेको नीतिगत निर्णयहरुमाथि समेत छानविन गर्नु, अध्ययन गर्ने र बीमा ऐन बमोजिम भए नभएको रुजु गर्ने अधिकार दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*