बीमा नियमावलीमा सर्भेयरको बर्गीकरणको व्यवस्था, को–कुन बर्गमा ?

काठमाडौं । सरकारले बीमा नियमिावलीमार्फत बीमा सर्भेयरको बर्गीकरण गर्ने व्यवस्था लागू गर्ने भएको छ । हाल राजपत्रमा प्रकाशित हुन अन्तिम तयारी अवस्थामा रहेको बीमा नियमावलीको मस्यौदामा सर्भेयरको क, ख, र ग बर्गमा बर्गीकरण गरिने भएको छ ।
सर्भेयरहरुले माग गर्दै आएको सर्भेयरको बर्गीकरण सम्बन्धी व्यवस्थालाई सरकारले सम्बोधन गर्दै उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
नयाँ व्यवस्था अनुसार बीमा प्राधिकरणले तोकेको रकम वा संख्याको सर्भे मूल्याङ्कन गरी १५ बर्ष अवधीसम्म काम गरेका सर्भेयरहरु क बर्गमा बर्गीकृत हुनेछन् । त्यसैगरी, प्राधिकरणले तोकेको रकम र संख्याको सर्भे मूल्याङ्कन गरी सात बर्षसम्म निरञ्तर काम गरेका बीमा सर्भेयरहरु ख बर्गमा बर्गीकृत हुनेछन् ।
त्यस्तै, सर्भे लाइसेन्स पाएका अन्य सबै ग बर्गमा बर्गीकृत हुनेछन् । रकम र संख्या बीमा सर्भेयरसंघसँग प्राधिकरणले छलफल गरी निर्धारण गर्नसक्नेछ ।