बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीबारे संसदमा प्रश्न

२१ फाल्गुन २०८१, बुधबार १६:५६

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ती गरिएको बिषयमा सार्वभौम सत्ता सम्पन्न संसदमा प्रश्न उठेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वर्णिम वाग्लेले भने, ‘अर्थमन्त्रीज्यु, बीमा प्राधिकरणमा के गर्नु भो ? अब नेपाल राष्ट्र बैंकमा पनि माफियाको एजेन्टलाई नियुक्त गर्नुभयो भने अब सम्पत्ति शुद्धिकरण सम्बन्धी कालोसूचिमा पर्नेवाला छ ।’

रास्वपाका नेता वाग्लेले अर्थमन्त्री बिष्णु पौडेलको नैतिकतामाथि गम्भिर प्रश्न उठउाँदै बीमा प्राधिकरणको नियुक्तीमा के गरेको ? भनेर प्रश्न गरेका छन् । आजको संसदमा बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीको सम्बन्धमा सामान्य प्रश्न मात्रै उठेको हो ।

सांसद वाग्लेले नेपाल राष्ट्र बैंकमा पनि बीमा प्राधिकरण र सेबोनमा जस्तै माफियाले प्लान्टेड गरेको व्यक्ति नियुक्ती नगर्न खबरदारी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*