बीमा प्राधिकरणका अध्यक्ष ओझाको योग्यता माथि प्रश्न, अख्तियारमा दर्ता भयो उजुरी

२५ फाल्गुन २०८१, आईतवार १७:२२

काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। योग्यतामाथि प्रश्न उठाउँदै फागुन २५ गते आयोगमा सि ०५२५२९ नम्बरको उजुरी दर्ता भएको हो।

उजुरीमा ओझाले न्यूनतम मापदण्डको उल्लंघन गर्दै अध्यक्ष पद प्राप्त गरेको दाबी गरिएको छ। ‘२०८१ साल फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरे पनि उनले नेपाल सरकारलाई गलत विवरण बुझाई पद हात पारेको देखिन्छ,’ उजुरीमा उल्लेख छ।

साथै, अध्यक्ष नियुक्तीका लागि बुझाइएको अनुभवसम्बन्धी प्रमाणहरू झुठा रहेको आरोप पनि लगाइएको छ। उजुरीमा भनिएको छ, ‘अध्यक्ष नियुक्ती प्रक्रियामा बुझाएको अनुभव सम्बन्धी अधिकाश प्रमाणहरु झुठा हुन् । नेपाल सरकारलाई झुठा विवरण बुझाएर लाखौ लाख विमितहरुले तिरेको करिव सात खर्च रुपैयाको सदुपयोग गरि बीमितको हित देश विकासमा योगदान दिनुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरण जस्तो निकायमा नियुक्त लिन सफल भएका निज श्रकामाथि छानविन गरि तत्काल कारवाही गर्नुपर्ने देख्दछु । प्राधिकरणका नव नियुक्त अध्यक्ष शरद ओझाले योग्यता र अनुभव सम्बन्धी कुठा विवरण एवं कागजात बुझाई नियुक्ती लिएकाले निजले बुझाएका कागजातहरुको सथ्यतथ्य जांच गरि तत्काल कारवाही प्रक्रिया अघि बढाउनु ।

अख्तियारमा दर्ता गरिएका दाबीअनुसार ओझाको उमेर मात्र ३३ वर्ष पुगेको छ, जबकि बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३५ वर्ष नाघेको हुनुपर्ने कानुनी व्यवस्था छ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड २०७३ (पहिलो संशोधन) अनुसार कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारीका लागि ३५ वर्ष उमेर पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

तर, केही समय अघिसम्म अर्थ मन्त्रालयको वेबसाइटमा रहेको सो मापदण्ड हटाइएको र उमेरसम्बन्धी योग्यताको विवरण परिवर्तन गरिएको उजुरीमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*