लेखा समितिमा अर्थमन्त्रालयदेखि बीमा प्राधिकरण, सोबेन, बैंक वित्तिय संस्थाको उजुरीको चाङ (विवरण सहित)

२९ फाल्गुन २०८१, बिहीबार १४:४३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १०० वटा भन्दा बढी उजुरी परेको छ । जसमध्ये अर्थमन्त्रालयदेखि बीमा प्राधिकरण, सोबेन, बैंक ता वित्तिय संस्थाको समेत उजुरीको चाङ परेका छन् ।

१०० वटा उजुरी यसअघि नै सांसदहरूलाई बाँडिसकिएको छ ।गत माघ ८ गते बसेको लेखा समितिको बैठकमा त्यसबेलासम्म प्राप्त उजुरीहरू सांसदहरूलाई वितरण गरिएको थियो । जसमा विभिन्न विषयमा १०० वटा उजुरी रहेका थिए ।

सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषयमा उजुरी पर्ने गरेका छन् ।लेखा समितिका सचिव एकराम गिरीका अनुसार उजुरी आउनेक्रम जारी छ । ‘उजुरीहरू आइरहेका हुन्छन्’, उनले भने । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाबाट पनि आउने क्रम बढ्दो रहेको छ।

धितोपत्र बोर्ड र बीमा प्राधिकरणको संयुक्त रुपमा उजुरी परेको छ । आर्थिक बर्ष २०८० असोज २९ गते नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरण बीमा ऐन, २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियार दुरुप्रयोग गरी बमिा कम्पनीहरुलाई प्रिमियममा साधारण शेयर जारी गर्न दिएर भष्ट्रचार भएको भन्दै छानविन गरी कारवाही गरी पाँउ भन्दै उजुरी परेको थियो । जसमा केशव कैराला लगायत २१ जनाले लेखा समितिमा उजुरी दिएका थिए । हाल ती सबै कम्पनीहरुले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेर दोस्रो बजारमा कारोबार गरीरहेका छन् ।

आर्थिक बर्ष २०८० चैत १२ गते बीमा प्राधिकरण, यति एयर लाइन्स एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मिलि भगतमा गरिएको नितिगत भष्ट्रचार सम्बन्धमा भेषराज लुईटेलले उजुरी दिएका थिए ।
त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स शेयर निष्काशन, अर्थमन्त्रालष्मा तमसुख कागजको हिनामिनासम्मको उजुरीमहालेखामा परेका छन् ।

ujuri lekhha

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*