आईएआईएसको बैठकमा भाग लिन बीमा प्राधिकरणका अध्यक्ष ओझा भोलि चीन जाने

५ बैशाख २०८२, शुक्रबार २१:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासहितको बीमा प्राधिकरणको टिम भोलि चीनको संघाईतर्फ जाँदैछ ।

अन्तर्राष्ट्रिय बीमा नियामक संस्था आईएआईएसको यही अप्रिल २२ र २३ मा चीनमा हुने बीमा नियामकहरुको उच्च स्तरीय अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन प्राधिकरणका अध्यक्ष ओझा र कार्यकारी निर्देशक सुशिल सुवेदी चीन भ्रमणमा जान लागेका हुन् । बीमा प्राधिकरणको टोली यही १९ देखि २५ अप्रिलसम्म चीन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संघ (आईएआईएस) को एसियाली स्तरको बैठक चीनमा हुँदैछ । सो बैठकमा भाग लिन लागेको अर्थमन्त्रालय सम्बद्ध स्रोतले पुष्टि गरेको छ । बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक सुवेदी आगामी बिहिबार स्वदेश फर्कने छन् ।

चीनको राष्ट्रिय वित्तीय प्रशासनको व्यवस्थापनमा बिआईएस, एशियाली बीमा नियामक मञ्च र आईएआईएसको आयोजनामा उक्त सेमिनार हुन लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*