गभर्नर छनोट समिति पूर्णतादेखि स्वास्थ्य बीमा नियामावली स्वीकृत सहित मन्त्रिपरिषद्को २९ निर्णय सार्वजनिक
२१ बैशाख २०८२, आईतवार १३:२२

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका छन् । जसमा गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त गरेर प्रकृया अघि बढाउने देखि स्वास्थ्य बीमा नियामावली २०८१ स्वीकृत गर्ने बिषय समेटिएको छ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका छन् । जसमा शिक्षक आन्दोलनको मागको बिषय देखि विविध बिषयहरु समेटिएका छन् ।
२५ चैतदेखि शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरेका शिक्षकका माग सम्बोधन गर्न १६ वैशाखमा सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको थियो ।
निर्णय-21