बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिमा मापदण्ड नपुगेको भन्दै प्रतिनिधिसभामा छानविनको माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति प्रक्रियामा प्रक्रिया र मापदण्ड नपुग्नेको भन्दै तत्काल छानबिन गर्न आजको प्रतिनिधि सभाको बैठकमा सांसदले माग गरेका छन् ।
आज बसेको प्रतिनिसभाको बैठकमा सदस्य गंगा कार्कीले नेपाल सरकार मन्त्रिपरिषदबाट २०८१ फागुन १२ गतेको निर्णयबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्दा प्रक्रिया नै पुरा नभएको भन्दै सो सम्बन्धमा छानबिन गरी तत्काल सदनलाई जानकारी गराउन माग गरेका हुन् ।
यस अघि पनि प्रतिनिधिसभामा बारम्बार बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिमा योग्यता नै नपुगेको भन्दै चर्को विरोध भएपनि सरकारले चुईक्क बोल्न सकेको छैन ।
साथै उनले सभामा स्वास्थ्य बीमा बोर्डले सेवामा झमेला सिर्जना गर्दै सर्वसाधारणलाई सेवामा भएको झन्झटिलो प्रकृयाको कारण सुविधामार्फत वञ्चित भईरहेको बिषयमा समेत सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
5DCE90D2-FFEA-4BA5-912D-77B052B41D37
[email protected] Sarah oojha ko phone no chahiyo sir