एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय सर्‍यो

४ जेष्ठ २०८२, आईतवार १४:००

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो केन्द्रिय कार्यालय सरेको छ । बैंकको थापाथलीस्थित कार्यालयबाट केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका–२८ स्थित कमलादीमा सरेको हो ।

बैंकले करिब एक महिना अघि नै नयाँ भवनमा सरेर आफ्ना उच्च तहका गतिविधिहरू त्यहीँबाट सञ्चालन गर्दै आएको छ । नयाँ कार्यालयमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका अधिकांश विभागहरू सरेका छन् ।

सरेसँगै बैंकले कार्यसम्पादनमा थप प्रभावकारिता, सेवा प्रवाहमा सहजता र दीर्घकालीन सञ्चालनमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ ।

यसैबीच, थापाथलीमा रहेको पहिलाको कार्यालय अब एनआईसी एशिया क्यापिटलको कार्यालयका रूपमा प्रयोग गरिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*