इन्जिनियर सन्तोष यादव घुससहित रंगेहात पक्राउ, ५ लाख ७० हजार रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा
४ जेष्ठ २०८२, आईतवार १५:५१

काठमाडौँ । ओखलढुंगा स्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव घुससहित रंगेहात पक्राउ परेका छन्। खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार यादवले सेवाग्राहीसँग पाँच लाख सत्तरी हजार रुपैयाँ ५ लाख ७० हजार घुस लिइसकेको अवस्थामा जिल्ला भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीबाट पक्राउ गरिएको हो।
यस सम्बन्धमा आयोगले प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।