गभर्नर छनोट सिफारिस समितिको बैठक बस्न सकेन, गभर्नर नियुक्तिका बिषय के होला ?

५ जेष्ठ २०८२, सोमबार १५:४९

काठमाडौं । सरकारले आज नै गभर्नर नियुक्ति प्रकृया अघि बढाउने बिषय अन्यौलमा रहेको छ। आजको मन्त्रिपरिषद्मा गभर्नर नियुक्तिको बिषय अघि बढाउने सम्भावना बलियो भन्ने खबर आएपनि अझै अन्यौलमा नै रहेको छ ।

नेपाली काग्रेसको भागमा परेको गभर्नरको बिषयमा अन्तिम नामावली छनोट भईसकेको हुँदा आजको मन्त्रिपरिषदमा गभर्नर नियुक्तिको बिषय अघि बढ्ने देखिएको थियो । तर गभर्नर छनोट सिफारिस समितिको बैठक नबोलाइएको कारण आज नै गभर्नर निय्क्ति प्रकृया अघि बढ्ने बिषय भने अन्यौलमा परेको छ ।

गभर्नर बन्ने तरखरमा सिफारिस नेपाली काग्रेसको तर्फबाट समितिका सदस्य डा. विश्व पौडेलले नै वैशाख २६ गते राजीनामा दिएर बसेका छन् ।मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजेका लागि बोलाइएको छ । सोही बैठकले गभर्नर नियुक्ति गर्ने अपेक्षा गरिएको छ । तर, यो समाचार तयार पार्दासम्म गभर्नर छनोट सिफारिस समितिको बैठक नबोलाइएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

आज बैठक बस्छ कि बस्दैन भन्ने समेत निश्चित नभएको सचिवालयको भनाइ छ । समितिको बैठक अर्थमन्त्रीले बोलाउनुपर्छ । बैठक बसेर निर्णय गर्न समय नलागे पनि प्रस्तावित नाममाथि सदस्य सहमत नभएमा यसले समय लिन सक्छ । अहिलेसम्म अर्थमन्त्रीले सम्भावित व्यक्तिको नाम समेत सदस्यहरूलाई उपलब्ध गराएका छैनन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति जुटेर अर्थशास्त्री डा। विश्व पौडेललाई नियुक्ति गर्ने विषयमा सहमति जुटेको बताइँदै आएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*