कस्को कारण लम्बिएको थियो गभर्नर नियुक्ति प्रकृया ?

६ जेष्ठ २०८२, मंगलवार १५:५०

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा डा। विश्व पौडेललाई सिफारिस गरेको बिषयमा असहमती जनाउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः सत्ता गठबन्धन टिकाउन सहमती जनाएका छन् ।

प्रधानमन्त्री ओलीले गभर्नरमा डा.पौडेललाई सिफारिस नगर्न भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने तय भएको भेट र पूर्वनिर्धारित मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित रहेका व्यक्तिलाई अघि नबडाउने सल्लाह दिँदै अर्का क्यान्डिडेट माग गरेका थिए । लामो समयदेखि यसै बिषयमा दुई बीच विवाद समेत भएको बुझिएको छ । सो कारण अर्थमन्त्रीलाई गभर्नर संयोजक समिति छनोट समितिको बैठक नडाक्न निर्देशन दिईएको थियो ।

प्रधानमन्त्री ओलीले देउवालाई बारम्बार अर्को क्यान्डिडेड अघि सार्न निर्देशन दिएपनि उनले आफनो अडान छोडेका थिएनन् । सो कारण ओली र देउवाबीच सहमती हुन सकेको थिएन् ।

अन्ततः सभापति देउवाले आफनो अडान नछाड्ने निश्चित भएसँगै उनले आज संसदको प्रश्नोतर कार्यक्रममा अस्वस्थ भएको कारण उपस्थित हुन नसकेको भन्दै गभर्नरमा प्रा।डा। विश्वनाथ पौडेल नै अघि सार्ने सन्दर्भमा सहमती जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जनाएको छ। लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा।डा। विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

यसअघि सोमबार नै मन्त्रिपरिषद् बैठक राखेर गभर्नर नियुक्ति गर्ने चर्चा थियो । यद्यपि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो ।

मन्त्रिपरिषद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरू उपसभापति पूर्णबहादुर खड्काको निवासमा छलफलमा जुटेका थिए ।

उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत सहभागी थिए । कांग्रेस बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री बिरामी भएर नै सभापतिसँग छलफल नभएको र मन्त्रिपरिषद्को बैठक पनि नबसेको ब्रिफिङ गरेका थिए ।

बिहानै सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । सो भेटमा देउवाले ओलीलाई भनेका थिए, ‘अब यो विषय धेरै नलम्ब्याऔं, मलाई पनि धेरै दबाब बढ्यो । बाहिर पनि हल्ला धेरै भयो ।’

त्यसपछि देउवाले अघि सारेका पौडेललाई नै गभर्नर बनाएर अघि बढ्न प्रधानमन्त्री ओली पनि सहमत भएको उच्च स्रोतले बतायो ।

बालुवाटार स्रोतका अनुसार दिएको जानकारी अनुसार, प्रधानमन्त्री ओली कांग्रेसले नै अघि बढाएको मान्छेलाई गभर्नर नियुक्त गर्न सुरुदेखि नै प्रतिबद्ध थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*