नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण, सुपरीवेक्षणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता

७ जेष्ठ २०८२, बुधबार १२:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा विश्वनाथ पौडेलले पदभार सम्हालेका छन्। पदभार ग्रहण गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिएका छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ ग्रणह गरेलगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको गभर्नरको कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

गत चैत २४ गतेदेखि रिक्त भएको गभर्नरको पदमा पौडेल नियुक्त भएका हुन्। उनलाई मंगलरबार बसेको मन्त्रीपरिषद्को बैठकले १८औं गभर्नरमा नियुक्त गरेको थियो।

सरकारको वित्त नीतिलाई सघाउने गरि मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर पौडेलले बताए। त्यस्तै राष्ट्र बैंकका नीति निर्णय गर्दा विभिन्न सरोकारवाला सँग पर्याप्त छलफल गर्ने पनि पौडेलले उल्लेख गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*