दृष्टि फाउण्डेशनलाई सिटिजन्स बैंकको सहयोग

८ जेष्ठ २०८२, बिहीबार ११:२०

काठमाडौं । लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला तथा बालबालिकाहरूका लागि काम गर्दै आएको दृष्टि फाउण्डेशनलाई सिटिजन्स बैंक लिमिटेडले सहयोग गरेको छ।

सुदूरपश्चिम प्रदेशको धनगढी जिल्लामा रहेको यस फाउण्डेशनलाई सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो।

विभिन्न दाताको सहयोगबाट संचालन भइरहेको र करीब ६५ जना महिला सहित बालबालिकालाई सहयोग गरिरहेको यो संस्थालाई बैंकले करीब २ महीनासम्म पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको जनाएको छ।

फाउण्डेशनमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप महिला सहित बालबालिकालाई सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताए। संस्था तथा त्यहाँ रहेका बालबालिकाको प्रगतिको कामना गर्दै पोखरेलले यस्ता संस्थाहरूले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र उनका बालबालिकाको हेरचाहको लागि समाजमा उदाहरण बनिरहेको उल्लेख गरे।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*