नाडेप लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

८ जेष्ठ २०८२, बिहीबार ११:२९

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ।

कम्पनीले उक्त पद (सहायक श्रेणी) मा केही संख्यामा कर्मचारी माग गरेको हो। यसका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। वाणिज्य शास्त्र भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

उमेरको हदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाका लागि भने ४० नकटेको हुनु पर्नेछ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित तोकिएको माध्यमबाट १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*