नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

९ जेष्ठ २०८२, शुक्रबार १०:०७

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको एक लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले शेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (जेठ ९ गते) देखि ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा फारम बुझाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*