नेशनल लघुवित्तको ७० हजार कित्ता शेयर बिक्रीमा
९ जेष्ठ २०८२, शुक्रबार १०:२५

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नएको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।















