बीमा कम्पनीहरुको लगानी विविधिकरण गर्न पूर्वधार वण्ड जारी गर्ने बाटो खुल्ला गर्दैै सरकार

काठमाडौं । सरकारले एक बर्षभित्र बीमा कम्पनीहरुलाई लामो अवधिको वित्तिय साधन परिचालन गर्न उच्च प्रतिफल दिने पूर्वधार आयोजनाका लागि पूर्वधार वण्ड जारी गर्ने भएको छ। सरकारले कम्पनीको लगानी विविधिकरण गर्न सरकारले एक बर्षभित्र पूर्वधार बण्ड जारी गर्ने योजना अघि बढाएको हो ।
पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि सरकारले कार्ययोजना बनाएको हो ।
खनाल नेतृत्वको आयोगले इन्स्योरेन्स लक्षित पूर्वाधार बण्ड जारी गरेर कम्पनीहरुको फण्ड परिचालन गर्न भनेको थियो। सरकारले सो सुझाव कार्यान्वयनका लागि गठन गरेको समितिले एक वर्षभित्र इन्स्योरेन्स लक्षित पूर्वाधार बण्ड जारी गर्ने प्रतिवेदनमा उल्लेख गरेको हो ।
बीमा कम्पनीलाई लामो अवधिको वित्तीय साधन परिचालन गर्न उच्च प्रतिफल दिने पूर्वाधार आयोजनाका लागि पूर्वाधार वण्ड जारी गर्ने, प्रतिवेदनमा कार्ययोजनाबारे उल्लेख छ ।