प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा जेठ १९ गतेदेखि सक्कल फाइलसहित सुनुवाई हुने

९ जेष्ठ २०८२, शुक्रबार १३:३७

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता सम्बन्धी विवादमा सर्वोच्च अदालतले यही जेठ १९ गतेदेखि सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समिति वा अर्थमन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको नियुक्ती सम्बन्धी सक्कल फाइल महान्याधिवक्ताको कार्यालयमार्फत झिकाई जेठ १९ गते पेशी तोकी इजलासमा पेश गर्न आदेश जारी भएको छ ।

सो आदेश अनुसार अब पुनः अन्तरिम आदेश वा अन्तिम आदेशका लागि छलफल हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*