सूचीकृत ५० लघुवित्तको वित्तीय रिपोर्टः खुद नाफा ३१% ले बढ्यो, साढे ४ अर्ब नाफामा कुनले कति कमाए ? (सूचीसहित)

९ जेष्ठ २०८२, शुक्रबार १७:००

काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त कम्पनीहरु ऋण उठाउन सफल भइरहेको देखिन्छ ।

हाल नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा सूचीकृत भएका ५० वटा लघुवित्त कम्पनीहरुले चालु आवको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरीसकेका छन् । समीक्षा अवधिमा विवरण सार्वजनिक गरेका ४० वटा लघुवित्तको मुनाफा गत आवको अवधिमा बढेको छ भने १० वटाको मात्र समान्य अंकले घट्न पुगेको छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा छिमेक लघुवित्त, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त लगायतका संस्थाले सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएका छन् । मुनाफा आर्जनमा पहिलो स्थानमा रहेका छिमेक लघुवित्तको मुनाफा ३३ प्रतिशतले बृद्धि भएको छ । संस्थाले नौ महिनामा ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा संस्थाले ६४ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित

मुनाफा आर्जनमा दोस्रो स्थानमा रहेको साना किसान विकास लघुवित्तले नौ महिनामा ५४ करोड ५० लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको ४८ करोड पाँच लाख रुपैयाँ र जीवन विकास लघुवित्तले ३५ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

डिप्रोक्स लघुवित्तले नौ महिनाको अवधिमा कम्पनीले ४३ करोड २१ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त नाफा ७०.८१ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा कम्पनीले २५ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

ग्रामिण विकास लघुवित्तले २४ करोड ६८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७ प्रतिशतले बढी हो । साथै, चैत मसान्तसम्ममा मेरो माइक्रो फाइनान्सले १२ करोड ९३ लाख रुपैयाँ, आरएसडिसी लघुवित्तले ६ करोड ९८ लाख रुपैयाँ, हिमालयन लघुवित्तले पाँच करोड ३४ लाख रुपैयाँ, स्वाभिमान लघुवित्तले तीन करोड ५७ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सले तीन करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । साथै, यसअवधिमा आरएसडिसी लघुवित्त र स्वस्तिक लघुवित्तको मुनाफा ऋणत्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*