सम्पदा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
११ जेष्ठ २०८२, आईतवार ०६:४७

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आफूले लिन चाहेको शेयर विवरण खुलाएर तनहुँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै कम्पनीले उक्त शेयर खरीदका लागि संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै प्रस्ताव गरिसकिएको जनाएको छ।