गभर्नर बन्न खोजेका गुणाकर भट्टको राजिनामा अस्वीकृत, गभर्नरको सचिवालयमा सरुवा

११ जेष्ठ २०८२, आईतवार १७:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कार्यकारी निर्देशक पदबाट राजिनामा गरेका डा. गुणाकर भट्टको राजिनामा अस्वीकृत भएको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले भट्टको राजिनामा अस्वीकृत गर्दै आफ्नै सचिवालयमा सरुवा गरेको बुझिएको छ । कार्यकारी निर्देशक भट्टले गभर्नर बन्ने उद्देश्यले गत बैशाख ५ गते राजिनामा दिएका थिए । डा. भट्ट गभर्नर बन्ने अन्तिम तयारीमा पुगेपनि नेपाल राष्ट्र बैंकमा दिएको राजिनामा स्वीकृत नभएपछि गभर्नर बन्न पाएका थिएनन् ।

गभर्नर बन्न नदिने उद्देश्यले राजिनामा स्वीकृत नगरी अलपत्र पारेपछि भट्ट हाल अमेरिका पुगेका छन् । राष्ट्र बैंक स्रोतलेका अनुसार राजिनामा स्वीकृत नगरेकै अवस्थामा गत बैशाख महिनाको तलव खातामा आएपछि कार्यकारी निर्देशक भट्टले राष्ट्र बैंकमै फिर्ता गरिदिएका थिए ।

पछिल्लो परिवर्तित अवस्थामा भट्ट काममा फर्कन तयार भएको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*