बेनीघाट रोराङ गाउँपालिकामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाग्मती प्रदेशको धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम आज सम्पन्न गरेको छ।
प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाको सरहेको थियो । कार्यक्रमको प्रमुख अतिथीमा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलीया, विशेष अतिथी बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, विशेष अतिथिमा बेनीघाट रोराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेको उपस्थितीमा कार्यक्रम आज सम्पन्न गरेको हो ।
प्राधिकरणले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, बेनीघाट रोराङ गाउँपालिकाका बीमकका पदाधिकारी पनि सहभागीता रहेको थियो ।
अन्तक्रिया कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधि तथा कर्मचारीहरुको सामुहिक दुर्घटना बीमा गराउन नामावली अनिवार्य छ वा छैन ? साथै त्यस स्थानमा पालिकाले अनुदान दिने रकमलाई लघुबीमासँग समन्वय गरी गराउन सकिन्छ कि सकिदैन ?बीमा गर्दा सजिलै गर्न सकिने तर दावी भुक्तानी प्रकृया अलि झन्झटिलो रहेको, बीमकले क्षति भएको रकम भन्दा कम रकम दिने गरेको तथा समयमै दावी भुक्तानी रकम नदिएको गुनासोलगायतका मस्या तथा जिज्ञासा राखिएको थियो ।
उक्त पालिकाका अध्यक्ष कृष्ण बहादुर थपलीयाले नेपाल बीमा प्राधिकरण केन्द्रीय कार्यालयले बीमा सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम राखि दिएकोमा विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
पालिकामा करिव ३४ हजार जनता मध्ये चेपाङ जातीको बाहुल्यता ४० प्रतिशतरहेको र उहाँहरुको सामुहिक दुर्घटना बीमा कार्यक्रम शुरु गर्नका लागि आगामी वर्ष २०८२।८३ मा पालिका बाटनै बीमा गरिदिन बजेटमा प्रस्ताव गरिएकोले आर्थिक वर्ष देखी चेपाङ जातीको सामुहिक दुर्घटना बीमा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए भने आगामी दिनमा बीमा सम्बन्धी थप कार्यक्रमको लागि बीमा प्राधिकरण तथा बीमा कम्पनीहरुसंग सहकार्य र समन्वय गरी अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
साथै बीमा प्रधिकरणका उपनिर्देशक श्री पूर्ण बहादुर थापाले उठेका जिज्ञासाहरुको जवाफ दिदै यस पालिकाले भोलीका दिनमा जीवन बीमा तथा भौतिक सम्पत्तीको सुरक्षण गर्नका लागि बीमा उपयुक्त माध्यम भएकोले सबैलाईबीमा गर्न आह्यवान गर्दै कार्यक्रमको समापन गरेका थिए ।
सो पालिकाका अध्यक्ष कृष्ण बहादुर थपलीयाले नेपाल बीमा प्राधिकरण केन्द्रीय कार्यालयले बीमा सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम राखि दिएकोमा विशेष धन्यवाद ज्ञापन गरे ।