शेयर बजारमा थप ऋण खुल्ला गर्ने राष्ट्र बैकको निर्णय, जोखिमभार १०० मा झारियो

काठमाडौं । नवनियुक्त गभर्न र डा। विश्वनाथ पौडेल नियुक्तिसँगै राष्ट्र बैंकले लगानीकर्ताहरुले अपेक्षा गरेअनुरुप शेयर बजारलाई मौद्रिक निति समिक्षाले खुकुलो नितिले स्वागत गरेको छ।
आर्थिक बर्ष २०८१र८२ को मौद्रिक नितिको तेस्रो विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने व्यवस्था लागू गरिएको छ।
केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमात्र कायम गरेको छ । यसअघि कायम अधिकतम १२५ प्रतिशतको सीमालाई घटाएर अब १०० प्रतिशतमात्र कायम गरिएको हो । यसले अब सेयर बजारलाई फाइदा पुग्नेछ ।
कर्जा लिंदा जोखिमभार कम हुन जानेछ । बैंकहरु पनि सेयर धितो कर्जा प्रवाह गर्न उत्साहित हुनेछन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
लगानीकर्ताले लामो समयदेखि जोखिमभार घटाएर १०० प्रतिशतमात्र कायम गर्न माग गरेका थिए । यसबाट विशेषगरी सेयर धितो राखेर ठूला कर्जा लिन सहज हुनेछ । यसअघि पनि नयाँ गभर्नर विश्वनाथ पौडेलको नियुक्तिसँगै सार्वजनिक मौद्रिक समीक्षाले यस्तो व्यवस्था गरेको छ ।
गत वर्ष जेठ ४ गते नै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको थियो ।
यसपाली गभर्नर नियुक्ति लगायतका कारणले ढिलो हुन गएको राष्ट्र बैंकको भनाइ छ ।