गभर्नरमा विश्व पौडेलको नियुक्ती विरुद्ध सर्वोच्चमा दुई वटा मुद्दा, आजै बहस हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका विरुद्धमा सर्वोच्च अदालतमा दुई वटा मुद्दा दर्ता भएको खुलेको छ । आजको लागि तोकिएको पेशीमा दुई वटा मुद्दा दर्ता भई सुनुवाई हुन लागेको देखिएको छ ।
आज सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद अजिज मुसलमानको इजलासमा अधिवक्ता अनन्त लुईटेल, विशाल थापा समेतको पहिलो मुद्दा रहेको छ भने दोस्रो मुद्दामा अत्रि ल च्याम्बरका राम प्रसाद गौतमले दायर गरेको दोस्रो मुद्दामाथि आजै सुनुवाई हुनेछ । आजै अल्पकालिन अन्तरिम आदेश समेत आउन सक्नेछ ।
गभर्नर नियुक्त गर्दा आवश्यक विधि र प्रक्रिया पुरा नगरेको तथा राजनीतिक दलको सदस्य भएको व्यक्तिलाई गभर्नर नियुक्त गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरितको कार्य गरेको भन्ने रिट निवेदकहरुको दावी छ ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले कुनै पनि निर्णय गर्दा नेपालभित्र लागू भएका कानुन, ऐन, नियम र संविधानको अधिनमा रहेर मात्रै निर्णय गर्नुपर्ने व्यवस्था नेपालको संविधानको धारा ७५ (२) मा उल्लेख छ । नेपाल सरकार अर्थमन्त्रालयद्वारा जारी अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यहरुको नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड (२०७३ दोस्रो संशोधन) मा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्दा खुल्ला प्रतिस्पर्धा गराएर मात्रै गर्नुपर्ने स्पष्ट उल्लेख छ ।
सो मापदण्डको दफा ७ (२) मा सो व्यवस्था गरिएको छ भने अनुसूचि खण्डको पहिलो नम्वरमा नेपाल राष्ट्र बैंकलाई राखिएको छ । सो गभर्नर नियुक्ती गर्दा सरकारले उक्त विधि र प्रक्रिया पुरा गरेको छैन ।