सिवाइसी नेपाल लघुवित्तद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

१५ जेष्ठ २०८२, बिहीबार १०:५१

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १३९ जना कर्मचारी माग गरेको हो ।

संस्थाले अधिकृत पदमा ११ जना, कनिष्ठ अधिकृतमा २२ जना, बरिष्ठ सहायकमा १३ जना, सहायक १७ जना, कनिष्ठ सहायक २६ जना र कनिष्ठ सहायक प्रशिक्षार्थीमा ५० जना कर्मचारीको लागि रोजगारी खुलाएको छ ।

इच्छुक योग्यता पुगेको उम्मेवारले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट https://jobs.cycnlbsl.org.np/ मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*